कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २ हजार नाघ्यो

काठमाडौं । कर्णाली प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५२ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अंवेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा सुर्खेतका विभिन्न ठाँउमा १८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?