पीएसजी च्याम्पियन्स लिगको सेमिफाईनलमा

काठमाडौं । जितसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको २६ औं मिनेटमा एटलान्टाका मारियो पसालिसले अग्रता बनाएका थिए । खेलको अन्तिम मिनेटमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई जित दिलाए । पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासँग भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?