काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास बन्द गरिएको बताएको छ ।
बुधवार एक सूचना निकाल्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यका बाहिर जाने सावारी साधनको लागि जारी गरिँदै आएको सावारी पास बन्द गरेको बताएको हो ।
साथै प्रशासनले उपत्यका भित्रिनेहरुका लागि जारी गरिएको सवारी पास पनि अर्को व्यवस्था नहोउन्जेलसम्मलाई बन्द गरिएको बताएको छ ।
प्रशासनले गृह मन्त्रालयको २०७७ साल साउन २८ गतेको सवारी पास वितरण गर्ने सम्बन्धि प्राप्त पत्र बमोजिम अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया