काठमाडौं । रुसले मंगलवार कोरोना विरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको दाबी गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको र यो नै विश्वकै पहिलो कोरोनाविरुद्धको भ्इाक्सीन भएको दाबी गरेका थिए ।

त्यति मात्रै होइन उनले आफ्नो छोरीले समेत कोरोनाविरुद्धको भ्याक्सीन लगाएको बताएका थिए । योसँगै रुसलाई विश्वका विभिन्न देशहरुले १ अर्ब भन्दा धेरै भ्याक्सीनको डोज बनाउन अर्डर समेत गरेका छन् ।

यो जानकारी होस् कि, रुसमा बनेको भ्याक्सीन १८ वर्षभन्दा कम र ६० वर्षभन्दा माथिको मानिसहरुलाई लगाउन निषेध गरिएको छ । साथै स्तनपान गराईरहेको महिलन र गर्भनिरोधक औषधि लिईरहेको महिलाहरुलाई पनि निषेध गरिएको छ ।

यसैबीच रुसको भ्याक्सीनमाथि प्रश्न उठाउनेहरुलाई रुसले आफ्नो भ्याक्सीनले शतप्रतिशत काम गर्ने बताएको छ ।

रुसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले बुधवार २ हप्ता भित्रमा कोरोना भाइरसविरुद्धको रुसको भ्याक्सीनको पहिलो चरण बजारमा आउने बताएका छन् ।

उनले भ्याक्सीन आएपछि मानिसले स्वेच्छाले लगाउन सक्ने पनि बताएक छन् ।

मुरास्कोले रुसमाथि कोरोना भ्याक्सीन बनाएकोमा लागेको आरोप आधारहीन रहेको र आफ्नो भ्याक्सीनले शतप्रतिशत काम गर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रा विदेशी साथी भ्याक्सीन विकसित गर्नेमा प्रतिस्पद्र्धा महशुस गरिरहेका छन्,त्यसैले उनीहरुले यस्तो आरोप लगाएका हुन्, त्यसैले यी सबै आधार हामी आधारहीन मान्छौँ, रुसले सबै ट्रायललाई ध्यानमा राखेर यो निर्णय लिएको हो ।’

१ जनावरीबाट आम नागरिकका लागि यो भ्इाक्सीन आउने छ । रुसले ग्यामलिया रिसर्चइन्स्टीट्यूट र रुसको रक्षा मन्त्रालयद्वारा संयुक्त रुपमा विकसित स्पुटनिक भी औषधि रहेको छ । पहिला यो भ्याक्सीन उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दिइनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया