सय रुपैयाँभन्दा बढीमा आईपीओ निष्कासन गर्न पाइने

सर्वसाधारणलाई सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले अंकित मूल्य एक सय रुपैयाँभन्दा बढीमा निष्कासन गर्न पाउने भएका छन् ।

‘बुक बिल्डिङ’ भनिने उक्त व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ निर्देशिका ०७७ जारी गरेपछि कम्पनीलाई यो बाटो खुलेको हो ।

निर्देशिकाअनुसार प्रिमियम (अंकित मूल्यमा थप गरी) मा सेयर जारी गर्न चाहने कम्पनीले अंकित मूल्य एक सयभन्दा बढीमा प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न पाउनेछन् ।
तर साधारण रूपमा सेयर निष्कासन गर्ने कम्पनीले भने अंकित मूल्य एक सयमै सेयर जारी गर्नुपर्नेछ । बुक बिल्डिङ विधि स्वैच्छिक हो । यो व्यवस्थाले बजारमा राम्रो ‘पर्फमेन्स’ देखाइरहेका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न सकिने जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?