गगनसहित १२ केन्द्रीय सदस्य किन खनिए देउवाविरुद्ध ?

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा एकपक्षीय ढंगले विभाग गठन गर्नुका साथै सदस्यहरू धमाधम मनोनयन गरेपछि पार्टीभित्र निर्णय फिर्ता लिन दबाब बढेको छ ।

नेतृत्वबाटै महाधिवेशन प्रभावित पार्ने काम हुन थालेको भन्दै संस्थापनइतरपक्ष देउवासँग चिढिएको हो । देउवा भने आफ्नो कमजोरीलाई इतरपक्षले मुद्दा नबनाओस् भनेर पार्टी विभागलगायतका संरचनालाई पूर्णता दिन कस्सिएका छन् ।
पार्टीका १२ केन्द्रीय सदस्यले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै महाधिवेशनको निष्पक्षताका लागि हालै गरिएका मनोनयन खारेजी हुनुपर्ने माग उठाएका छन् । सभापति देउवाले गरिरहेका विभागमा थप मनोनयनसमेत तत्काल रोक्न उनीहरूले जोड दिएका छन् ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले मनोनयनको विरोधमा विज्ञप्ति निकालेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?