चीनमै अलपत्र भए दुई हजार कन्टेनर

तातोपानी र केरुङ भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएपछि नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेका छन् ।

कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु कुहिएर फ्याँकिएको छ । तयारी पोसाक, मेसिनरी सामानलगायतका ‘कमर्सियल’ वस्तु बोकेका दुई हजारभन्दा बढी कन्टेनर तिब्बतको केरुङ र खासामा अलपत्र परेका छन् ।

नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक अझै चीनका विभिन्न सहरमा गोदाम गरिएको छ । यसबाट व्यवसायीहरू करोडौं रुपैयाँ नोक्सानी व्यहोर्न बाध्य भएका छन् । तिब्बती क्षेत्रमा आफूले आयात गर्न लागेको सम्पत्ति कुन अवस्थामा छ भन्ने नै नेपाली व्यवसायीलाई पत्तो छैन । कोरोना भाइरसको त्रास, पहिरोले सडकको दुरवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा रोक लगाउँदा समस्या बढेको हो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?