अनुहारमा चाया–पोतो आउनुका कारण र त्यसबाट बच्ने उपाय

विभिन्न सौन्दर्य प्रशाधनहरु लगाउनले अनुहारमा डण्डिफोर–दाग मात्र नभएर चाया–पोतोको जोखिम बढ्ने गरेको पाइन्छ बजारमा पाइने विभिन्न कस्मेटिक उत्पादनको प्रयोग गरेर सुन्दर बनेको देखेपछि सोही गर्न खोज्ने चाहनाले पनि अनुहारमा चाया–पोतोको समस्या आउन सक्छ । आफ्नो छाला कस्तो प्रकृतिको छ, त्यसमा ध्यान नराखी जस्तो सुकै कस्मेटिक क्रिमको प्रयोग गर्नाले छालामा नकारात्मक असर पर्छ ‘केमिकल प्रयोग गर्नु भनेको छालालाई बिगार्नु हो’, आफ्नो छालाको हेरचाहमा सावधानी नपु¥याउँदा यस्तो समस्या भएका व्यक्तिहरु बढिरहेका छन् । जानेर वा नजानेर विनासल्लाह सौन्दर्य प्रशाधनहरु प्रयोग गर्दा छालामा नकारात्मक परिवर्तन देखा पर्न सक्छ छालामा हुने मेलामाइनको गडबडीले पनि यो समस्या हुन्छ मेलामाइनले छालालाई प्राकृतिक रंग दिने काम गर्छ । यसमा गडबडी हुँदा छालाको प्राकृतिक रंगमा पनि गडबडी भई छाला नराम्रो देखिन्छ । ‘चाया–पोतो आउनुको मुख्य कारण सूर्यको किरण नै हो ।’ उनका अनुसार सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । यसले छालालाई नकारात्मक असर पु¥याउँछ घामको किरणले मात्र होइन बत्तीको प्रकाश, कम्प्युटर, मोबाइलको प्रकाशले पनि यो समस्या देखा पर्न सक्छ । अरुको देखासिकी गरी जथाभावी जानेर वा नजानेर विभिन्न कस्मेटिक उत्पादन प्रयोग गर्नाले पनि यो समस्या देखिएको छ पेट, गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालोपोतो देखिन सक्छ पित्त बढेर रगत दूषित भई अनुहारमा कालोपोतो देखिन्छ । रक्तअल्पता, प्रदूषण, हर्मोनल गडबडी, महिनावारी गडबडी, पेटको समस्या, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन आदिले चाया–पोतोको समस्या निम्तिने समेत गर्छ । अपर्याप्त निद्राले पनि यो समस्या देखिने गरेको पाइन्छ त्यसै गरी तनाव लिने बानी, पानी कम पिउने, बढी घाममा हिड्ने, चर्को बत्तीको प्रकाश छालामा परिरहने व्यक्तिमा यस्तो समस्या देखिन्छ । जथाभावी सौन्दर्य प्रशाधनको प्रयोग, छालाको सरसफाइमा हेलचेक्र्याइँ, ब्लिच ह्वाइटनिङ क्रिमको बढी प्रयोग गर्नेहरुमा पनि कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ हाल वातावरणीय प्रदूषणका कारणसमेत चाया–पोतोकोे समस्या देखिने गरेको हुँदा त्यसबाट बच्नुपर्ने देखिन्छ । कब्जियतको समस्या भएका, कुपोषण भएका र विशेषतः चिल्लो छाला भएका व्यक्तिमा कालोपोतो बढी देखिने गरेको पाइएको छ । यस्तै पिल्स चक्की सेवन गर्ने र हर्मोनयुक्त अन्य औषधि सेवन गर्नेहरुमा हर्मोन गडबडी हुने हुँदा छालामा असर परी कालोपोतो आउने गर्छ । ‘त्यसैले उपचार गर्दा बिरामीको अनुहारमा के कारणले त्यस्तो भएको हो भनी पत्ता लगाएर मात्र उपचारको बाटो पहिल्याउनुपर्छ ।’ छालामा जटिल समस्या भएमा छालाको डाक्टरबाटै उचार गराउँदा राम्रो हुन्छ चायाँ पोतोको के छ त उपचार ?कालोपोतो अर्थात् चायाको बेलैमा उपचार ग¥यो भने शतप्रतिशत निको हुन्छ । समस्या धेरै बल्झिएको छ भनेचाहिँ उपचार सफल हुन नसक्ने हुन्छ । कतिपय चाया–पोतो उपचारले गएको छ तर सावधानी नअपनाउँदा फेरि बल्झिएको पनि छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यो समस्या हुनेहरुले केयर वा मेन्टेनेन्स नगरे त्यो फेरि आइछाड्छ यसको उपचार विभिन्न पद्धतिले गर्न सकिन्छ । मुख्य कुरा भरपर्दो र विश्वसनीय हुनुप¥यो । यसको उपचार स्किन हस्पिटलका साथै अन्य हस्पिटल र क्लिनिकहरुमा पनि हुने गर्दछ । ब्युटिपार्लरमा पनि यसको उपचार हुने गरेको पाइन्छ । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चाया–पोतोलाई हटाउन सकिन्छ ‘एनिमियाका कारण चाया–पोतो आएको छ भने आइरनयुक्त खानामा जोड दिनुपर्छ । हार्मोनको गडबडी छ भने हर्मोनल सप्लिमेन्ट्स दिने गरिएको छ ।’ कतिपयको महिनावारी सुकिसकेपछि चाया जान पनि सक्छ फेसियल गर्नु प्रभावकारी उपाययदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवं अनुभवी ब्यूटिसियनद्वारा उपचार गराउनुपर्छ । चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ । करिब ३ हप्ताको अन्तरालमा फेसियल गर्नुपर्छ । ८ देखि ९ पटकसम्म फेसियल गरेमा दाग पूरै निको हुन सक्छ ‘घामबाट डढेर आएको निको पार्न सक्छौँ तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ ।’ फेसियल गरेको खर्च ब्युटिपार्लरअनुसार फरक–फरक हुने तर खासै महँगो हुँदैन हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट नील डेबिडका अनुसार पछिल्लो समय पुरुषहरुले पनि आफ्नो सौन्दर्यप्रति चासो देखाउन थालेका छन् । चाया–पोतोको समस्या लिएर आउने महिला हुन वा पुरुष सबैलाई फेसियल गरी उनीहरुको चाया–पोतो हटाउने सकिन्छ सनब्लकको प्रयोग अनिवार्यखासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ । यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ । जाडोमा झनै सनब्लक लगाउनुपर्ने हुन्छ । किनकि हामी घाम ताप्न निस्केका हुन्छौं । घाममा मस्तले सेकिएर बस्छौँ । छाला जलेको पत्तै हुँदैन छालाको प्रकृति हेरेर सनब्लक छान्नुपर्छ । गहुँगोरो छाला भएकालाई १५–३० एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर) को सनब्लक लगाउँदा उपयुक्त हुन्छ । जति धेरै एसपीएफ नम्बर भयो उति नै घामबाट बचाउँछ । जति एसपीएफ बढी हुन्छ त्यति नै महँगो पनि हुन्छ । ३ देखि ४ घण्टाको अन्तरालमा सनब्लक लगाउनुपर्छ बाहिर ननस्किए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन आवश्यक छ । गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउन अनिवार्य छ फेसप्याक र फेसवासको प्रयोगचाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनुपर्ने हुन्छ । ब्युटिसियनको सल्लाहअनुसार तयारी फेसप्याक पनि किन्न सकिन्छ फेसवास प्रयोग गरेर पनि चाया–पोतो हटाउन सकिन्छ । दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम फेसवास प्रयोग गर्न सल्लाह दिने गरेको उनी बताउँछन् । यस्तै मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जाने उनको दाबी छ । ‘यो लेप लगातार १ देखि २ महिनासम्म लगाउँदा पूरै निको हुन्छ ।’ शुद्ध तोरी, नरिवल, तिललगायतका तेलले अनुहारमा हल्का मालिस गर्दा पनि कालोपोतो आउने सम्भावना कम हुन्छ घरेलु उपचार र बचावटयदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ चाया–पोतो बाहिरी उपचारले मात्र नजाने भएकाले यसको लागि तनाव नलिन, सकेसम्म घामबाट बच्न, पानी धेरै पिउनु पर्छ । त्यस्तै गरी ताजा फलफूल, सागसब्जी, सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोचाइले पनि यो समस्या न्यून हुने हुन्छ पूरा बाहुला भएको लुगा लगाउने, ह्याट वा क्याप लगाउने, मास्क लगाउने गर्दा पनि केही हदसम्म घामबाट बच्न सकिने हुन्छ । साथै घाममा हिँड्दा छाता ओढ्न बिर्सिनुहुँदैन । आजकाल घामबाट बच्ने किसिमको कपडा पनि पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?