काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४९ हजार १३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६ लाख ७१ हजार ८ सय ६८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३५ लाख ६५ हजार ५ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६८ हजार ३ सय ९० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २१ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५३ लाख २७ हजार ८ सय ७५ पुगेको छ । हालसम्म २७ लाख ७८ हजार ४ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ३ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय ४५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार ७ सय १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३१ लाख २३ हजार १ सय ९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३ हजार ४ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २२ लाख ४३ हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय २२ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ३८ पुगेको छ । बितेको २४ घण्टामा ६७ हजार १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २३ लाख ९५ हजार ४ सय १७ पुगेको छ । हालसम्म १६ लाख ९५ हजार ८ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ५० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार २ सय ६० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय २ जनामा कोरोना पुष्टि भएको र १ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख २ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख १० हजार २ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ५१ पुगेको छ । हालसम्म ५ लाख ६६ हजार १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख २६ हजार १ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २१ हजार ५ सय १ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ८९ हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ३५ हजार ७ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ६ सय ६८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ४९ हजार ५ सय २२ पुगेको छ । हालसम्म कोरोनाको कारण ५३ हजार ९ सय २९ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ९ सय २६ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ३२ हजार ८ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय ५ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७८ हजार १ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ५१ हजार ४ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार २ सय ६८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ८१ पुगेको छ । हालसम्म ३ लाख ७३ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनै संक्रमण देखिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया