काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ४८ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ करोड ६ लाख २८ हजार १ सय १८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ३५ लाख २६ हजार ६ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ६ सय ६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ६६ औँ स्थानमा रहेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया