काठमाडौं । यतिबेला कोरोना भाइरसको महामारुीसँग लडिरहेको सारा विश्वमा रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनायो भनेपछि खुशी छाएको छ ।

मंगलवार मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वमै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन तयार पारेको दाबी गरेका छन् ।

त्यति मात्रै होइन, उनले आफ्नी छोरीले पनि कोरोनाविरुद्धको उक्त भ्याक्सीन प्रयोग गरेको बताएका छन् ।

योसँगै रुसलाई विभिन्न देशहरुले औषधिको डोज तयार गर्ने अर्डरका साथै बधाई दिइरहेका छन् ।
अहिलेसम्म रुसलाई विश्वका २० वटा देशहरुले १ अर्ब भन्दा धेरै डोजहरु तयार गर्न अर्डर गरेका छन् ।

यसैबीच उत्त, रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सीन जम्मा ३८ जनामा मात्र परीक्षण गरिएको बताइएको छ ।

रुसको आधिकारीक श्रोतलाई उद्धृत गर्दै डेली मेलको एक रिपोर्टमा यो खुलासा गरिएको छ । साथै भ्याक्सीनको केहि साइड इफेक्ट पनि देखिएको बताइएको छ । रिपोर्टका अनुसार उक्त भ्याक्सीनको प्रयोग मात्र ३८ जनामा गरिएको थियो ।

‘Fontanka’ का अनुसार रुसको उक्त भ्याक्सीन साइड इफेक्टको रुपमा, पीडा, स्वेलिंग, हाई फीवरको समस्या, भोक नलाग्नु, टाउको दुख्नु, डाइरिया हुनु, नाक बन्द हुनु, घाँटी बिग्रिनु र नाकबाट सिँगान आउनु जस्ता देखिएका छन् ।

रिपोर्टले रुसी अधिकारीहरुले मात्र ४२ दिनमा गरेको रिसर्चमा भ्याक्सीनलाई स्विकृति दिएको हो । त्यसैले भ्याक्सीन कति प्रभावी छ भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

भ्याक्सीनको रजिस्ट्रेशनको लागि जुन कागजात दिइएको थियो, त्यसमा महामारीमाथि भ्याक्सीनको प्रभावलाई लिएर क्लिनीकल स्टडी नभएको खुलेको छ । तर पुटिनले टेस्टमा सबै पास भएको बताएका थिए ।

रुसले आफ्नो कोरोना भ्याक्सीनको नाम स्पूटनिक भी राखेको छ । साथै केहि देशमा सप्लाईको तयारी थालेको छ ।

विश्वका केहि वैज्ञानिकहरुले रुसको भ्याक्सीनप्रति कडा आलोचना पनि गरिरहेका छन् । उनीहरुले भ्याक्सीन गलत भएर झनै खतरनाक रुप लिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
![]()
पुटिनले भने आफ्नी छोरीलार्य केहि समय मात्र खोकी लागेको तर पछि ठीक भएको बताएका थिए । तर भ्याक्सीनले साइड इफेक्टको रुपमा धेरै असर गरेको बताइएको छ ।
![]()
रिपोर्टका अनुसार ४२ दिनमा साइड इफेक्टका ३१ घटना दर्ता भएका थिए । त्यस्तै भ्याक्सीन १८ वर्ष भन्दा कम र ६० वर्ष भन्दा माथिकालाई नदिइने भएको छ ।
![]()
किनभने उनीहरुको लागि अध्ययन हुन सकेको छैन । साथै प्रेग्नेन्ट र स्तनपान गराउने महिलाहरुका लागि पनि औषधि नदिइने भको हो ।
![]()
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया