धेरै ‘फी’ लिने ‘एक्टर’मा अक्षय कुमार ‘फोर्ब्स’को ‘टप १०’ ‘लिस्ट’मा

काठमाडौं । बलिउड एक्टर अक्षय कुमार सबैभन्दा ब्यस्त एक्टर्स मध्येका एक हुन् । त्यस्तै अक्षय कुमार फोर्ब्स २०२० को टप १० लिस्टमा सबैभन्दा धेरै फी लिने एक्ला बलिउड एक्टर बनेका छन् ।

अक्षय कुमार ४८.५ मिलियन डलर कमाईका साथ यो लिस्टको छैटौँ नम्बरमा रहेका छन् । उनी एक वर्षमा धेरै फिल्म गरेका नायकमा पर्छन् ।

यो लिस्टमा पहिलो नम्बरमा छन्, ड्वेन जोनसन (द रक) ८७ं६मिलियन डलरका साथ पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै ७१. ५ मिलियन डलरका साथ रायन रेनोल्ड्स रहेका छन् । त्यस्तै ५८ मिलियन डलरका साथ तेश्रो नम्बरमा मार्क वाह्ल्बर्ग रहेका छन् भने ५५ मिलियन डलरका साथ चौथो नम्बरमा बेन एफ्लेक रहेका छन् । त्यस्तै पाचौँ नम्बरमा विन डीजल रहेका छन् ।

उनी ५४ मिलियन डलरका साथ पाचौँ नम्बरमा छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?