पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

देशमा पछिल्लो २४ घण्टामा मृत्यु भएका ८ जना मध्ये चार जनाको काठमाडौं उपत्यकामा मृत्यु भएको हो । काठमाडौं उपत्यकामा हुनेमा काठमाडौं टेकुका एक महिला, धादिङ्गका एक पुरुष, धनुषाकी एक महिला र बाराका एक पुरुष रहेका छन् ।

यस्तो छ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा मृत्यु भएकाको विवरण

काठमाडौं जिल्ला का.म.न.पा. १२ टेकु निवासी ७८ वर्षीया एक महिला को मिति २०७७ साउन २८ गते विहान १ः१५ बजे किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा दुखद् निधन भएको छ ।

झाडापखाला तथा ज्वरोको कारण साउन २६ गते किष्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर स्तिथ फिभर क्लिनिकबाट रेफर भएर आएकी थिइन् ।

निज उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टीक सक तथा मृगौला सम्बन्धि रोगबाट ग्रसीत थिइन् ।

निजको स्वाव संकलन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको थियो। निजको साउन २६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा स्वाब संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको हो।

त्यस्तै धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं। १४ निवासी ३२ वर्षीय एक पुरुषको मिति २०७७ साउन २७ गते ह्याम्स अस्पतालमा दुखद् निधन भएको छ ।

क्षयरोगीका विरामी निज साउन २७ गते विहान २ः४५ मा निमोनिया, खोकी तथा सास फेर्न कठिनाइ भई अस्पतालमा भर्ना भएको थिए । आइ। सि। यु। मा भेन्टीलेटरमा राखी उपचाररत उनको २७ गते नै कोरोना पुष्टी भएको थियो ।

त्यस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं। ८ निवासी वर्ष ३८ की एक महिला को मिति २०७७ साउन २८ गते विहान १ः०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा दुखद् निधन भएको छ ।

इन्सेफ्लाइटिस भई साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी निजको साउन १८ गते कोरोना पुष्टी भएको । निज अल्का अस्पतालमा उपचारको लागि आएकोमा कोरोना पुष्टी भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर भएकी थिइन् ।

त्यस्तै बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय एक पुरुषको मिति २०७७ साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा दुखद् निधन भएको छ ।

शरीर कमजोर भइ चक्कर लागेका कारण साउन २६ गते किष्ट अस्पताल भर्ना भएका उनी रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टीक सक, दम तथा मृगौला सम्बन्धि रोगबाट ग्रसीत थिए । निजको साउन २७ गते स्वाब संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको हो।

यसैबीच नेपालमा आज (बुधवार) थप ४८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?