बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलको तयारीमा रहेको बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो ।

स्पेनिस महारथी क्लब बार्सिलोनाले आगामी शुक्रबार जर्मन क्लब बायर्न म्युखिनसँग प्रतिस्पर्धा गर्दैछ । अभ्यासमा रहेका एक जना खेलाडीमा कोरोनाको संक्रमण देखिएको बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले संक्रमित खेलाडीको परिचय खुलाएको छैन । ‘मंगलबार ९ खेलाडीको समूहमा गरिएको पीसीआर परिक्षणमा एक खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।’ क्लबले बिज्ञप्तीमार्फत जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?