भक्तपुरमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौं । भक्तपुरमा बितेको २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणका क्रममा १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना, वीर अस्पतालमा गरिएको परीक्षणको क्रममा २ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका क्रममा १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा १ जना र ह्याम्स अस्पतालमा गरिएको परीक्षणको क्रममा थप १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्र उपत्यकामा थप १ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?