नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ पछिल्लो समग्र विवरण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालाबाट १० हजार ४ सय ८१ पीसीआर परीक्षणहरु भएका छन् । जसबाट थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

हाल नेपालमा कुल संक्रमितमध्ये ६८ दशलमव ४ प्रतिशत अर्थात १६ हजार ७ सय २८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप ६४ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् । त्यस्तै हाल देशभर १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको कोरोनाको कारण ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा झापाका ७ जना, मोरङका २ जना, रौतहटका १ जना, सुनसरीका १३ जना

कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना, मोरङका १७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा इलामका १ जना, मोरङका २७ जना, सुनसरीका १ जना, ताप्लेजुंगका १ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३ जना, सिरहाका १० जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा धनुषा ३२ जना, महोत्तरीका ४१ जना, रौतहटका ७ जना, रूपन्देहीका १ जना, सर्लाहीका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा गोरखाका १ जना, काठमाडौंका १० जना

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका २९ जना, नुवाकोटका १ जना, रौतहटका १ जना, सर्लाहीका २ जना, सिन्धुलीका १ जना, सुनसरीका १ जना

भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा बैतडीका १ जना, बाराका १ जना, चितवनका १५ जना, गोरखाका १ जना, रौतहटका १ जना, तनहुँका २ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा गरिएको परीक्षणमा बाराका १३ जना, मकवानपुरका १३ जना, रौतहटका ११ जना

धुलिखेल अस्पताल, धुलिखेलमा गरिएको परीक्षणमा दोलाखाका २ जना, काभ्रेपालानचोकका ४ जना

पाटन अस्पताल, ललितपुरमा गरिएको परीक्षणमा बाराका १ जना, भक्तपुरका १ जना, धनुषाका ३ जना, कैलालीका १ जना, काठमाडौंका ११ जना, काभ्रेपालानचोकका १ जना, ललितपुरका १४ जना, महोत्तरीका ३ जना, मकवानपुरका १ जना, मोरङका १ जना, पार्साका २ जना, रौतहटका २ जना, सप्तरीका २ जना, सर्लाहीका २ जना, सिन्धुलीका १ जना, दाङका १ जना, बाँकेका १ जना, ओखलढुंगाका १ जना, रामेछापका १ जना, जाजरकोटका १ जना, कपिलबस्तुका १ जना

वीर अस्पताल, काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका २ जना, सर्लाहीका १ जना

त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, धनुषाका १ जना, झापाका १ जना, काठमाडौंका ११ जना, ललितपुर १ जना, पाल्पाका १ जना, खोटाङका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका २२ जना, ललितपुरका २ जना

स्टार अस्पताल प्रयोगशाला , सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १ जना, धादिङका १ जना, धनुषाका ३ जना, काठमाडौंका ९ जना, ललितपुरका २ जना, पर्साका १ जना

बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, मोरङका १ जना

ह्याम्स हस्पिटलमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, धादिङका १ जना, काठमाडौंका ८ जना, नुवाकोटका १ जना, रौतहटका १ जना

श्री बिरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना

प्रादेशिक अस्पताल कास्कीमा गरिएको परीक्षणमा कास्कीका २ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका ११ जना, स्याङ्जानका ६ जना

लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका १ जना, रूपन्देहीका ७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुम पूर्वका २ जना

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १ जना, सुर्खेतका १८ जना

दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४ जना

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला, रुकुम (पश्चिम) मा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरामा गरिएको परीक्षणमा बैतडीका १ जना, डोटीका २ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ५ जना, कैलालीका २ जना, कन्चनपुरका ३ जना

नेपालमा कति छ कोरोना संक्रमणको ‘एक्टिभ केस’ ?

नेपालमा हाल ७ हजार ६ सय १३ जना कोरोना संक्रमित एक्टिभ केस रहेको छ । नेपालमा बितेको २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । त्यस्तै हालसम्म संक्रमित मध्ये ६८ दशमलव ४ प्रतिशत अर्थात १६ हजार ७ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप ४४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति छ कोरोनाको एक्टिभ केस ?

प्रदेश नं १ मा ६ सय १४ जना

प्रदेश नं २ मा ३ हजार ४ सय ५७ जना

बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना

गण्डकी प्रदेशमा २ सय ४७ जना

प्रदेश नं ५ मा ६ सय ५७ जना

कर्णाली प्रदेशमा २ सय २० जना

सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ जना

 

कोरोनाको कारण एकैदिन ८ जनाको मृत्यु, मृतक संख्या ९१ पुग्यो

नेपालमा कोरोनाको कारण एकैपटक ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंका १ जना, धादिङका १ जना, धनुषाका २ जना, सप्तरीका १ जना, मोरङका १ जना, कपिलवस्तुका १ जना र बाराका १ जना रहेको प्रवक्ता गौतमले बताए ।

मृतक को कहाँका हुन् ?

काठमाडौं जिल्ला का म न पा १२ टेकु निवासी ७८ वर्षिय एक महिला को मिति २०७७ साउन २८ गते विहान १स्१५ बजे किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा निधन भएको हो । झाडापखाला तथा ज्वरोको कारण साउन २६ गते किष्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी । निज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर स्तिथ फिभर क्लिनिकबाट रेफर भई आएको । निज उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टीक सक तथा मृगौला सम्बन्धि रोगबाट ग्रसीत हुनुहुन्थ्यो । निजको स्वाव संकलन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको । निजको साउन २६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा स्वाव संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको हो ।

त्यस्तै धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं १४ निवासी ३२ वर्षिय एक पुरुषको मिति २०७७ साउन २७ गते ह्याम्स अस्पतालमा निधन भएको छ । क्षयरोगीका विरामी निज साउन २७ गते विहान २स्४५ मा निमोनिया, खोकी तथा सास फेर्न कठिनाइ भई अस्पतालमा भर्ना भएको थिए । आइ। सि। यु। मा भेन्टीलेटरमा राखी उपचाररत उनको २७ गते नै कोरोना पुष्टी भएको थियो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षिय एक पुरुष को मिति २०७७ साउन २८ गते मेडिसिटी अस्पतालमा निधन भएको छ । साउन ५ गते निमोनिया तथा श्वास फेर्न कठिनाई भइ अस्पतालमा भर्ना भएका उनको साउन ६ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन ७ गते कोरोना पुष्टी भएको हो।

त्यस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं ८ निवासी वर्ष ३८ की एक महिलाको मिति २०७७ साउन २८ गते विहान १ः०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा दुखद निधन भएको छ । इन्सेफ्लाइटिस भई साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी निजको साउन १८ गते कोरोना पुष्टी भएको । निज अल्का अस्पतालमा उपचारको लागी आएकोमा कोरोना पुष्टी भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर भएको हो ।

सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नंं ८ घर भै राजविराज नगरपालिका वडा नं ६ सिराहारोड बस्दै आएका ७२ वर्षका एक पुरुषको मिति २०७७ साउन २७ गते राती निधन भएको छ । ४ दिन अघि ज्वरो आई स्वाव संकलन परिक्षण गर्न दिएका निजको साउन २७ गते कोरोना पुष्टी भएको हो। कोरोना पुष्टी भएपछि अस्पताल लैजाने क्रममा एम्बुलेन्समै निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगबाट ग्रसित समेत रहेका थिए ।

मोरङ जिल्ला बुढीगंगा गाउंपालिका वडा नं २ गंगाचोक निवासी वर्ष ५५ का एक पुरुष को मिति २०७७ साउन २८ गते विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भएको छ । ज्वरो तथा स्वास प्रश्वासमा समस्या आई साउन २६ गते उपचारका लागी कोशी अस्पतालमा लगीएको, सो अस्पतालले थप उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरेको थियो । निजको साउन २७ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा सोही दिन कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निवासीे वर्ष ४२ का एक पुरुषको मिति २०७७ साउन २८ गते विहान ४ः२५ बजे निधन भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते बुटवल कोरोना विशेष ९अस्थायी० अस्पतालमा भर्ना भई भेन्टीलेटरमा उपचाररत निजको सोही दिन स्वाव संकलन गरी परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको हो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षिय एक पुरुष को मिति २०७७ साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा निधन भएको छ । शरिर कमजोर भइ चक्कर लागेका कारण साउन २६ गते किष्ट अस्पताल भर्ना भएका थिए । निज रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टीक सक, दम तथा मृगौला सम्बन्धि रोगबाट ग्रसित रहेका थिए। उनको साउन २७ गते स्वाव संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको हो ।

 

काठमाडौं उपत्यकामा संक्रमितको नयाँ रेकर्ड : थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकैपटक ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार श्री वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स हस्पिटलमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना र भक्तपुरका १ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५ जना र ललितपुरका २ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २२ जना, ललितपुरका २ र भक्तपुरका १ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र भक्तपुरका २ जना, पाटन अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १४ र भक्तपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २९ जना र भक्तपुरका १ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

 

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या कुन प्रदेशमा कति ? (विवरणसहित)

नेपालमा थप ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ रहेको छ ।

नेपालमा आज थप ६४ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या

प्रदेश १                        –         १०४५
प्रदेश २                        –        ३४१७
वागमती प्रदेश               –          ६२५
गण्डकी प्रदेश               –        १४८७
प्रदेश ५                       –        ४१९४
कर्णाली प्रदेश               –         १९०२
सुदुरपश्चिम प्रदेश           –        ४०५८

 

कोरोना संक्रमितहरूको संख्या शुन्य भएका यी ६ जिल्लाहरू

नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • सोलुखुम्बु
  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

५०० जना भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका यी ४ जिल्ला

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?