काठमाडौं, १७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ यहि फागुन २९ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीस तीलप्रसाद श्रेष्ठ निर्वाचन अधिकृत रहेका छन् । नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनको भनाई छ राष्ट्रपति निर्वाचनको कार्यतालिकाअनुसार २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवारी दर्ता र २९ गते राष्ट्रपति निर्वाचनको मतदान हुने कार्यतालिका रहेको छ निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृत नियुक्त गरेको थियो २९ गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरु मतदाता हुने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया