नेपालमा कति छ कोरोना संक्रमणको ‘एक्टिभ केस’ ? प्रादेशीक विवरणसहित

काठमाडौं । नेपालमा हाल ७ हजार ६ सय १३ जना कोरोना संक्रमित एक्टिभ केस रहेको छ । नेपालमा बितेको २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । त्यस्तै हालसम्म संक्रमित मध्ये ६८ दशमलव ४ प्रतिशत अर्थात १६ हजार ७ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप ४४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति छ कोरोनाको एक्टिभ केस ?

प्रदेश नं १ मा ६ सय १४ जना

प्रदेश नं २ मा ३ हजार ४ सय ५७ जना

बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना

गण्डकी प्रदेशमा २ सय ४७ जना

प्रदेश नं ५ मा ६ सय ५७ जना

कर्णाली प्रदेशमा २ सय २० जना

सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?