९ चैत्र २०७९, बिहीवार

एमाले केन्द्रीय कमिटीमा सुझाब : प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गरेर चुनावी प्रतिस्पर्धा

२०७४,आश्विन,८,आईतवार ०३:०४

0
Shares

काठमाडौँ, ८ असोज- एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् ।केन्द्रीय कमिटीको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा पार्टीको पक्षमा देशव्यापी माहोल सिर्जना हुन सक्ने सुझाब दिएका छन् । तर, नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरूले भने त्यसरी उम्मेदवार तय गर्दा पार्टीविरुद्ध घेराबन्दीसहित विपक्षीको सम्भावित मोर्चाबन्दी सामना गर्नुपर्ने भन्दै तत्काल निर्णय गर्न उचित नहुने सुझाब राखेका छन्, नयाँ पत्रिकामा खबर छ ।संस्थापन पक्षका अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा पक्षमा चुनावी माहोल सिर्जना हुन सक्ने धारणा राखेका थिए । ‘कतिपय केन्द्रीय सदस्यले प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार तय गरेर तत्काल चुनावी प्रचारमा अघि बढ्नुपर्ने सुझाब राख्नुभएको छ,’ पोलिटब्युरो सदस्य दलबहादुर रानाले भने, ‘तर कतिपय साथीहरूले त्यसमा आन्तरिक तयारी जारी राखे पनि विपक्षी दललाई खनिने मौका दिने कुरा उपयुक्त हुन्न भन्ने धारणा राख्नुभएको छ ।’संस्थापननिकट युवा नेताहरू भानुभक्त ढकाल, खिमलाल भट्टराईलगायतले प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार तय गरेर अघि बढ्दा देशव्यापी सकारात्मक सन्देशसहित पार्टीको पक्षमा माहोल सिर्जना हुने जिकिर गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ०३:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००