कोरोनाको कारण थप १ जनाको मृत्यु, अन्तिम संस्कारमा सहभागी ५० बढी क्वारेन्टाइनमा

जनकपुर । बुधबार कोरोनाको कारण महोत्तरीमा थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मठिहानी नगरपालिका वार्ड नम्बर ६ बस्ने एक जना ४५ बर्षिय पुरुष रहेका छन् ।

मृतक ती पुरुषमा मधुमेह र फोक्सो सम्बन्धी रोग रहेको थियो । उनको उपाचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको स्रोतको भनाई छ । मंगलवार महोत्तरीका थप ११ जनामा कोरोना पुष्टि भएको थियो । त्यो मध्ये उनी पनि एक हुन् ।

त्यस्तै उनको दाहसंस्कारमा गएका ५० भन्दा बढी मानिसहरुलाई होम क्वारेन्टाइनमा राख्न त्यहाँको स्थानीय प्रशासनले तयारी थालेको छ । भने कोरोना जोखिम थप नहोस भन्नका लागि बजार क्षेत्र पूर्ण रुपमा सील गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?