काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् ।
सोमबारदेखि बेपत्ता बानियाँ मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पुर्याइएको छ ।
बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन भएपछि परिवारले प्रहरी कार्यालयमा सम्पर्क गरेको थियो ।
लामो समयदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका बानियाँको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया