क्रिस्टियानो रोनाल्डो पेलेको कीर्तिमानी नजिक !

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो अर्को कीर्तिमानको ढोका नजिक छन् । रोनाल्डोले अर्को सिजन ३० गोल पुरा गरे ब्राजिलीयन स्टार पेलेको ७ सय ६७ गोलको कीर्तिमानी तोड्न सक्ने छन् ।


युभेन्टस यस सजिन लियोनसँग अवे गोलका आधारमा पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।  रोनाल्डोको अहिलेसम्मको गोल संख्या ७ सय ३७ पुगेको छ ।

पेलेले आफ्नो करियरको १३ सय ६३ खेलमा १२ सय ८६ गोल गरे । उनले आफ्नो नाम गिनिज बुकमा समेत लेखाउन सफल भए । तर पेलेले मैत्रिपुर्ण खेलमा गरेको ५ सय १९ गोल आधिकारीक रुपमा गणनानै भएन ।

पोर्चुगिज सुपरस्टार रोनाल्डो अहिले ३५ बर्षको लागे । निश्चित रुपमा रोनाल्डोले आगामी दुई बर्षभित्र पेलेको कीर्तिमान भंग गर्नेछन् । रोनाल्डोका प्रतिद्धन्दी लियोनल मेस्सी ३३ बर्ष पुगेका छन् । मेस्सीले ७ सय १७ गोल गरेका छन् ।

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?