सामाजिक सञ्जालमा ‘भाइरल बिनोद’, को हुन्, कसरी शुरु भयो ?

काठमाडौं । अहिले कोरोना भाइरस भन्दा पनि धेरै भाइरल एक व्यक्तिको नाम भएको छ । जे मा पनि बिनोद भनेर अनेकन कुराहरु बुझ्न र संकेत गर्न थालिएको छ ।

हामी त्यहि मानिसको चर्चा गरिरहेका छौँ जो, सामाजिक सञ्जालहरुमा अहिले तुफान ल्याइदिएको छ । जसको नाम रहेको छ बिनोद ।

बिनोद नाम यति भाइरल बनेको छ कि, रोकिने संकेत नै छैन । यसको बास्तविकता के हो त ? यसको बारेमा आज हामी तपाईलाई जानकारी गराउँछौँ । युट्यूबमा एक ‘Slayy Point’ नामको च्यानल रहेको छ । जो अधिकांश अनौठो हर्कतको मजाक उडाएर भिडियो पोस्ट गर्छ । केहि समय पहिला मात्रै पनि उक्त च्यानलबाट एक भिडियो अपलोड भएको थियो ।

जसको नाम रहेको थियो, ‘Why Indian Comment Section Is Garbage’।

यो भिडियोमा उक्त भिडियोमा तमाम मानिसहरुको कमेन्ट देखाइएको थियो, जसले भिडियोको कमेन्ट बक्समा छेउ न टुप्पोको कमेन्ट लेखिएको हन्थ्यो ।

त्यहि मध्येका एक थिए बिनोद नामका व्यक्ति । जसमा बिनोदले आफ्नै नामको कमेन्ट गरेका थिए । उक्त कमेन्टमा ७ जनाले लाइक पनि गरेका थिए ।

त्यसपछि शुरु भयो सामाजिक सञ्जालमा फन्नी मेम्सको बाढी । सामाजिक सञ्जालमा आएको बिनोद नामको बाढी अझै केहि समयसम्म त पक्कै रहला ।

किनभने धेरै दिन यो भईसकेको छैन । हरेक कुराहरुलाई हेर्ने तरिका अब बिनोदमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?