युवाहरूले साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ : मन्त्री दुलाल

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज जारी एक सन्देशमा मन्त्री दुलालले सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिबद्धताकासाथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका हुन्।

मन्त्री दुलालले “युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन” नारासहित मनाउन लागिएको युवा दिवस नाराको भावअनुसार मनाउन आग्रह गरका छन् । “स्थानीय स्तरदेखि राष्ट्रिय हुँदै विश्वस्तरमा नीति, कानून निर्माणदेखि कार्यन्वयन गर्ने जिम्मेवारीसम्ममा युवाहरूको सार्थक र सक्रिय भूमिका अभिवृद्धि हुनुपर्छ भन्ने नाराको भाव हो”, मन्त्री दुलालले सन्देशमा उल्लेख गरेका छन् ।

“आउनुहोस्, हामी सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिवद्धताका साथ राष्ट्र निर्माणमा जुटौँ” मन्त्री दुलालले सन्देशमार्फत भनेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?