कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको हो ।

कोरोनाको लक्षण देखिएर अस्पतालमा भर्ना भएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?