काठमाडौं । कोरोना भाइरस पछि चीनमा बाढी तथा डुबानले अत्याधिक दुख दिएको छ । अधिकांश स्थानमा बाढीको कहर जारी छ ।
जसका कारण लाखौँ बिस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यो बाढीको कहर यति उग्र रुपमा पछिल्लो १०० वर्षमा पहिलो पटक भएको बताइएको छ । चीनमा बाढीले पछिल्लो १०० वर्षको रेकर्ड तोडेको छ ।
भीषण वर्षाका कारण आएको बाढीले ४०० भन्दा धेरै साना ठूला नदीमा पानीको बहाब बढेको छ । र अहिले पनि पनाी भीषण परिरहेको छ ।
यांग्से नदीको इलाकामा रहेको करिव ६ करोेड मानिस यसको चपेटामा परेका छन् । साथै डेढ करोड एकड क्षेत्रफलको जमीन नष्ट भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया