कोरोनाको प्रकोप : अमेरिकामा फेरि बढ्न थाले मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ३८ हजार ९६५ जनाको मृत्यु भएको छ भने २ करोड २ लाख ५८ हजार २४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ३१ लाख ८९ हजार ३९२ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ६६ हजार १९२ जनाको मृत्यु भएको छ भने ५२ लाख ५१ हजार ४४६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २७ लाख १५ हजार ९३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २३ लाख ६९ हजार ३२० जना उपचाररत छन् ।

त्यस्तै अमेरिकामा १७ हजार ५८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १० हजार ६५० जनाको मृत्यु भएको छ भने ५ लाख ८५ हजार ७१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ८ हजार ५५८ जनाको मृत्यु भएको छ भने ५ लाख ४२ हजार ७९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्ससमा ५ लाख २६ हजार ६८० जनालाई संक्रमण भएको छ भने ९ हजार ४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मंगलवार मात्रै ५४ हजार ५१९ जना संक्रमित थपिएका छन् भने १ हजार ५०४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?