कोरोनाको प्रकोप : भारतमा मंगलवार थपिए ६१ हजार भन्दा धेरै संक्रमित, बढ्दै मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ३८ हजार ९६५ जनाको मृत्यु भएको छ भने २ करोड २ लाख ५८ हजार २४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ३१ लाख ८९ हजार ३९२ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४५ हजार ३६१ जनाको मृत्यु भएको छ भने २२ लाख ६९ हजार ५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ८ जनाको मृत्यु भईसकेको छ भने १ हजार ८९९ जना संक्रमित थपिएका छन् ।

भारतमा १५ लाख ८३ हजार ४८९ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ४० हजार २०२ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा मंगलवार मात्रै ६१ हजार २५२ जना संक्रमित थपिएका छन् भने ८३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?