होलीमा इच्छाविपरित लोला हान्ने २७ जना पक्राउ, दर्जनौं सवारी नियन्त्रणमा

काठमाडौं, १७ फागुन । होलीमा इच्छाविपरित रंग दल्ने तथा जथाभावी लोला हान्ने २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गोंगबुबाट २ जना र बाफलबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको हो पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने काठमाडौं प्रहरी परिसरले जनाएको छ प्रहरीले होलीलाई मर्यादित र सभ्य बनाउन काठमाडौंको १ सय ६ ठाउँमा प्रहरी टोली परिचालन गरेको छ भने २० वटा मोवाइल टोली खटाइएको छ यसैबीच, होलीमा नियमविपरित रुपमा चलाइएका १ सय ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ प्रहरीले ओभरलोड, माधक पदार्थ सेवन र विना लाइसेन्स चलाइएका सवारीसाधानलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?