कोरोना अपडेट : विश्वमा १ करोड ३२ लाख बढी संक्रमण मुक्त, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४१ हजार ७ सय ३० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३ लाख ८८ हजार १३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३२ लाख ८२ हजार ८ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६६ हजार ८ सय १३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ४ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५२ लाख ६८ हजार ९ सय १७ पुगेको छ । हालसम्म २७ लाख १९ हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ५ सय ९८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार ६ सय ६८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३० लाख ६८ हजार १ सय ३८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २ हजार ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २१ लाख ६३ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७७ सय जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४६ हजार १ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा ५७ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २३ लाख २५ हजार २६ पुगेको छ । हालसम्म १६ लाख ३५ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ३२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार १ सय ३१ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको र १ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ९७ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ३ हजार १ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय २१ पुगेको छ । हालसम्म ५ लाख ६३ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख १७ हजार २ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८५ हजार ८ सय ३६ पुगेको छ । हालसम्म कोरोनाको कारण ५३ हजार ३ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख २७ हजार ९ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ६ सय ८३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २१ हजार २ सय ७६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ८३ हजार १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख २९ हजार ४ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार १ सय ७८ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७६ हजार ६ सय १६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ४९ हजार ५ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार २ सय ६८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ८१ पुगेको छ । हालसम्म ३ लाख ७३ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कारण थप ५ जनाको ज्यान गएको र ३ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?