यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४१ हजार ७ सय ६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३ लाख ८३ हजार ३ सय ९६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ३२ लाख ८१ हजार ८ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६६ हजार ८ सय १३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ४ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५२ लाख ६८ हजार ९ सय १७ पुगेको छ । हालसम्म २७ लाख १९ हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ५ सय ९८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार ६ सय ६८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३० लाख ६८ हजार १ सय ३८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २ हजार ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २१ लाख ६३ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७७ सय जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४६ हजार १ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा ५७ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २३ लाख २५ हजार २६ पुगेको छ । हालसम्म १६ लाख ३५ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ३२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार १ सय ३१ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको र १ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ९७ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ३ हजार १ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय २१ पुगेको छ । हालसम्म ५ लाख ६३ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख १७ हजार २ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?