सिटिजन लाइफले आईपीओ निष्काशनको गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड बराबरको साधारण शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । एनआईबीएल एस क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ छ ।

कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

सिटिजन लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै लगेको छ । कम्पनीले सो अवधिमसम्म जीवन बीमा कोष १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गरेकोे छ ।

जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख पुर्‍याएको छ ।

कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकममध्ये करिब ९१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गरेको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?