सुर्खेत । कर्णाली प्रदेश सरकारले एक वर्षमा १८ सय २० मिटर सडक कालोपत्रे गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६र७७ मा थप १८ सय २० मिटर सडक कालोपत्रे गरेको जनाएको छ ।
भौतिक पुर्वाधार मन्त्रालयअन्तर्गत गतवर्ष २१ हजार ४ सय ६७ जना थप जनसंख्या आधारभुत खानेपानी सेवाबाट लाभांवित भएको र थप २९ सय ५५ हेक्टरमा सिंचाइ सुविधा पुगेको प्रदेह सरकारले जनाएको छ ।
सडक नयाँ ट्र्याक ३८१.०३ किलोमिटर तथा १५६.२६ किलोमिटर सडक थप विस्तार भएको मन्त्रालयले जनाएको छ ।
गएको आवमा ४९.०४ किलोमिटर थप सडक ग्राभेल १.८२०० किलोमिटर थप सडक कालोपत्रे गरिएको छ ।
प्रदेशभर एक वर्षमा ८ वटा थप झोलुङ्गे पुल निर्माण, १६ वटा सडकमा थप पूल निर्माण सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार २७ किलोमिटर थप सडक नाली निर्माण सम्पन्न ६६९ वटा जनता आवास निर्माण सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया