अर्को सूचना नआएसम्म शैक्षिक सस्थालगायत यी सेवा बन्द

काठमाडौं । कोरोना जोखिम बढ्दै गएपछि सरकारले शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । जोखिम दिन प्रतिदिन बढ्दै गएकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द राख्ने निर्णय गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा।युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने बताए ।

उनले भने, ‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान शुरु गर्ने तयारी गरिएको भएपनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उक्त निर्णय खारेज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?