काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्रोतले बताएको छ ।
केहि दिन अघि मात्रै घिमिरेका ड्राइभर र गाडीमा हिँड्ने सात प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी कोरोना संक्रमण देखिने अहिलेसम्मकै उच्च अधिकारी हुन् ।
नेपालमा आज (मंगलवार) थप ६३८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया