लकडाउनबारे के छ सरकारको तयारी ? नाकामा कडाईदेखि सार्वजनिक यातायात सम्बन्धी नयाँ व्यवस्था (निर्णयसहित)

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमणको जोखिम बृद्धि भएपनि मुलुकभर एकसाथ लकडाउन भने नहुने भएको छ ।

जहाँ कोरोनाको जोखिम बढी भयो त्यहाँ मात्र संक्रमणको न्यूनिकरणको लागि लकडाउन गरिने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

प्रवक्ता खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्टाएका हुन्।

उनका अनुसार मुलुकभर एकैसाथ लकडाउन नगरिएपनि दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सकिने तयारी रहेको बताए ।

कुनै जिल्ला कोरोनामुक्त भइसकेकाले केन्द्र सरकारले फेरि लकडाउन (बन्दाबन्दी) भन्न नमिल्ने उनले बताए ।

त्यस्तै सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको छ । यसअघि भारतबाट नेपाल प्रवेश गर्ने २० वटा नाकाहरुबाट प्रवेश गर्न दिइएकोमा अब १० वटाबाट मात्र प्रवेश गर्न दिने निर्णय सरकारले गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता खतिवडाले त्यस्तो बताएका हुन् । यसअघि गत जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएको थियो ।

सरकारले खुला गरेको नाकाहरुमा काँडडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी रहेका छन् ।

सरकारले उपत्यकासहित २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लाहरुमा ‘वर्क फ्रम होम’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा खतिवडाले त्यस्तो बताएका हुन् । जसअनुसार सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्ला सरकारी र गैरसरकारी संस्थाहरु विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको उनले बताए ।

त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले होटल रेस्टुरेन्टबाट तयार गरिएको खाद्य परिकार टेक अवेमात्रै गर्न पाउने निर्णय गरेको छ ।

साथै भदौ १६ देखि सार्वजनिक यातायातदेखि मात्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । साउन ५ गतेको निर्णयमा संशोधन गरि त्यस्तो निर्णय गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सैलुनलगात मनोरञ्जन क्षेत्र बन्द कायमै राख्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

त्यस्तै सरकारले नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो ।

मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना र अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र दुवानी पनि कायमै रहने छ।

सरकारले गत असार १० गते रुकम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका पीडितहरुलाई राहत उपलब्ध गराउने भएको छ ।

सरकारले उक्त घटनाका परि मृत्यु भएका प्रतिपरिवारलाई १० लाखका दरले दिने निर्णय गरेको सरकारका प्रवक्ता खतिवडाले बताए । त्यस्तै घटनामा घाइते भएकाहरुलाई बिल बमोजिमको उपचार खर्च समेत उपलब्ध गराउने उनले बताए ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/साउन-२६-1-trf.pdf”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?