निशान भट्टराईले गरे प्रेमिकासँग विवाह 

काठमाडौं । नेपाल आइडलका पहिलो सिजनका फस्ट रनरअप भएका गायक निशान भट्टराईले विवाह गरेका छन् । गायक भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् ।
 धुलिखेल जिल्ला अदालतमा भट्टराइले आज कानुनी विवाह गरेका उनका बुबा नितियानन्द भट्टराईले लोकपथलाई बताए । पछिल्लो समय गायक भट्टराईका गित बहु चर्चित रहेका छन् । उनले गाएका  ‘के माया लाग्छ र’ बोलको गीत अहिले सर्वाधिक चर्चामा रहेको छ ।
प्रेमिका ऋचा न्यौपानेले केहि समय अगाडिमात्र आफ्नो टिकटकमा गायक भट्टराईसँगको भिडियो अपलोड गरेकी थिइन् ।

https://vm.tiktok.com/J6sSW7g/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?