२०० भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा ‘वर्क फ्रम होम’को व्यवस्था

काठमाडौं । सरकारले उपत्यकासहित २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लाहरुमा ‘वर्क फ्रम होम’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले त्यस्तो बताएका हुन् । जसअनुसार सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्ला सरकारी र गैरसरकारी संस्थाहरु विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको उनले बताए ।

त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले होटल रेस्टुरेन्टबाट तयार गरिएको खाद्य परिकार  टेक अवेमात्रै गर्न पाउने निर्णय गरेको छ ।

साथै भदौ १६ देखि सार्वजनिक यातायातदेखि मात्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । साउन ५ गतेको निर्णयमा संशोधन गरि त्यस्तो निर्णय गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सैलुनलगात मनोरञ्जन क्षेत्र बन्द कायमै राख्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?