काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २८ जना, भक्तपुरका ४ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना र भक्तपुरका २ जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना र ललितपुरका ८ जना, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौं ५ जना, स्टार अस्पताल सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १४ जना र ललितपुरका १ जना, बिद प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र ललितपुरका २ जना, काठमाडौं मेडिकल कलेज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स हस्पिटल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना, ललितपुरका १ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना र भक्तपुरका १ जना, वीरेन्द्र अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना र भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा
ललितपुरका २ जनामा गरि एकैपटक काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (मंगलवार) थप ६३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया