नेपाल भारत सीमामा कडाई, यी १० नाकाबाट मात्र प्रवेश पाइने

काठमाडौं । सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको छ । यसअघि भारतबाट नेपाल प्रवेश गर्ने २० वटा नाकाहरुबाट प्रवेश गर्न दिइएकोमा अब १० वटाबाट मात्र प्रवेश गर्न दिने निर्णय सरकारले गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले त्यस्तो बताएका हुन् । यसअघि गत जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएको थियो ।

सरकारले खुला गरेको नाकाहरुमा काँडडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?