रुकुम पश्चिम घटना : मृतक परिवारलाई १० लाख र घाइतेहरुलाई उपचार खर्च दिने सरकारको निर्णय

काठमाडौं । गत असार १० गते रुकम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका पीडितहरुलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।

सरकारले उक्त घटनाका परि मृत्यु भएका प्रतिपरिवारलाई १० लाखका दरले दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । त्यस्तै घटनामा घाइते भएकाहरुलाई बिल बमोजिमको उपचार खर्च समेत उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?