कोरोनाको कारण ४ जनाको मृत्यु, मृतक संख्या ८३ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना उपचार पछि निको भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बितेको २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६० जना महिला र १ सय २३ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

!!. निधन

  • धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुषको मिति २०७७ साउन २६ गते राती १०.०० बजे प्रादेशिक अस्पताल जनकपुरमा दुखद निधन भएको छ । गत साउन ८ गते निमोनिया भई अस्पतालमाको आइ. सी. यु. मा भर्ना भई उपचार गराइरहेको उनी क्षयरोगीका विरामी समेत रहेको।
  • धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नं. ५ निवासी विनयतारा फाउण्डेशन (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने वर्ष ५० का एक पुरुषको मिति २०७७  साउन २५ गते  दुखद निधन भएको छ । निजको मृत्यु पश्चात साउन २५ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन २६ गते कोरोना पुष्टी भएको । झाडा पखाला लागी मोटरसाइकलमा अस्पताल आउंदै गर्दा बाटोमा वेहोश भई लडेको र उनलाई अस्पताल पुऱ्याउंदा अस्पतालमा मृत घोषित गरिएको ।

 

  • काभ्रे जिल्ला पांचखाल नगरपालिका वडा नं. १ निवासी ५० वर्षिय एक महिलाको मिति २०७७ साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा दुखद निधन भएको छ।  साउन २५ गते निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी निजको सोही दिन स्वाव नमुना संकलन गरि परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको  । निज फोक्सो तथा पित्तथैली सम्बन्धि रोगवाट समेत ग्रसीत हुनुहुन्थ्यो ।

 

  • सिन्धुपाल्चोक जिल्ला वाह्वबिसे नगरपालिका वडा नं. ४ निवासी वर्ष ८४ का एक पुरुषको मिति २०७७ साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगंजमा दुखद निधन भएको छ । मुटु तथा मृगौला सम्बन्धि समस्या लिई साउन २१ गते अस्पताल भर्ना हुनुभएको वहांको आज साउन २७ गते कोरोना पुष्टी भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?