काठमाडौं । देशको विभिन्न स्थानमा एकै दिन डुबेर ५ जनाको मृत्यु भएको छ ।
धनुषाको औरही गाउँपालिका-१ झिटकैया बस्ने नहिम राईन कवारीको छोरी २ वर्षीया नुरत खातुनको घर नजिकै जमुनी खोलामा डुबेर सोमबार मृत्यु भएको छ । डुबेकी उनलाई उद्दार गरी प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ रातोमाटो बस्ने अजय थिङको १८ महिनाको छोरा आस्मीन थिङको घर नजिकै पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ । खेल्ने क्रममा अचनाक डुबेकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
डडेलधुराको गन्यापधुर गाउँपालिका-२ मेलमुडा बस्ने ५० वर्षीय मान बहादुर बोहराको सोही ठाउँस्थित रडुवा खोलामा नुहाउने क्रममा खोलाले बगाई सोमबार मृत्यु भएको छ ।
कन्चनपुरको बेलौरी नगरपालिका-३ बुटाबारी बस्ने निर्प बिकको छोरा ११ वर्षीय दिपेन्द्र बिकको सोही ठाउँस्थित चौहान खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका-३ बस्ने ७० वर्षीया झलिया देवी ठाकुर सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार मृत अवस्थामा फेला परेकी छन् । शौच गर्न जान्छु भन्दै घरबाट निस्किएकी उनी नफर्केपछि उनको परिवारले खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया