बक्सिङ विवाद: आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा कस्तो असर पर्छ नेतृत्वले ध्यान दिन जरुरी

काठमाडौं । नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ । आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ ।

यति वेला नेपाल बक्सिङ संघ आन्तरिक विवादको चंगोलमा रुमलिएको छ । दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप भइरहेको छ । अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन । अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको, आर्थिक पादर्शीता नभएको जस्ता आरोप महासचिव सविनले अध्यक्ष समूहलाई लगाएका छन् ।

आन्तरिक खिचातानीको भूमरीमा रुमलिएको संघले सम्भावनाका बावजुद पनि अपेक्षित सफलता हात पार्न सकेको छैन । किचलोका कारण संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन । प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छ । विवाद समाधनका लागि अध्यक्ष र कार्यसमितका पदाधिकारीहरु बसेर छलफल गर्नु पर्ने महासचिव भट्टचार्य सुझाव दिन्छन् ।

यता अध्यक्ष राम अवाले भने महासचिवको आरोपमाथि छलफल गर्न पनि चाहँदैनन् । निरन्तर पर्यास गर्दापनि अध्यक्ष अवाले सम्पर्कमा आउन चाहेनन् । संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न माग सहित राखेपमा उजुरी दिएका थिए । सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेश गर्न आदेश गरेको छ ।

नेपालले पदक ल्याउने मध्येको खेल बक्सिङ हो । आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा कस्तो असर पर्छ नेतृत्वले ध्यान दिन जरुरी छ । अनि नियमक निकायले निगरानी राखेर उचित कदम चाल्दा खेलाडीको हित हुन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?