विदेशी भूमिमा नेपाललाई पहिलो जित दिलाउने कप्तान सुब्बाको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो पुस्ताका खेलाडी इन्द्र सिंह सुब्बाको दुखद निधन भएको छ ।

पाकिस्तानमा पहिलो अन्तराष्ट्रिय खेलमा नेपालको जर्सी लगाएर आँघा खाँ गोल्डकप खेल्न पुगेका इन्द्रको मंगलबार निधन भएको हो ।

उनले सन् १९६३ पूर्वी पाकिस्तानको ढाकामा आयोजित आगा खाँ गोल्डमा पनि कप्तानी गरेका थिए । पाकिस्तान पुलिसलाई पराजित गर्दै नेपालले विदेशी भूमिमा जितेको पहिलो खेल थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङले इन्द्रको निधन भएको बताए ।

मुटुका रोगी इन्द्रलाई डेढ महिनादेखि समस्या देखा परेको थियो । काठमाडौंमा बस्दै आएका उनलाई मुटुमा समस्या आएपछि गंगालाल अस्पताल लगिएको थियो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् पूर्व सदस्य सचिव सिंहको ८८ बर्षको उमेरमा शुक्रबार राती १० बजे छाउनीस्थित निवासमा निधन भएको थियो । शनिवार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?