इसेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङबीच सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङबीच रेमिटेन्स सेवा सुचारु गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सेवा सुचारु भएसँगै बहराइनमा रहेका नेपालीले विएफसीको ५५ वटा शाखामार्फत रकम पठाउन सकिने जनाइएको छ ।

विएफसी बहराइन एपबाट सर्वसाधारणले नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने र नगद पठाइएको पैसा इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकले ५५ रुपैयाँ क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले नयाँ सम्झौतासँगै रेमिटेन्स कारोबारको क्षेत्र विस्तार हुँदै गएको बताए।
इसेवा मनि ट्रान्सफरले डिजिटलका साथै एजेन्ट वेस रेमिटेन्स सेवामार्फत पैसा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?