फर्नान्डेसको गोल, म्यान्चेष्टर युनाईटेड सेमिफाईनलमा

काठमाडौं । जितसँगै म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमवार राति भएको खेलमा एफसी कोपनहेगनलाई १-० गोलले पराजित गर्दै युनाईटेड सेमिफाईनलमा प्रवेश गरेको हो ।

ईन्जुरी समयमा युनाईटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गरे । युनाईटेडले चार सिजन अघि यस प्रतियोगिता जितेको थियो । म्यान्चेष्टर युनाईटेडले अब फाईनल प्रवेशका लागि उल्भ्स र सेभिल्लाबीचको विजेतासँग सोमवार भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?