ईन्टर मिलान युरोपा लिगको सेमिफाईनलमा

काठमाडौं । जितसँगै ईन्टर मिलान युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमवार राति भएको खेलमा जर्मन क्लब बायर लिभरकुसन लाई २–१ को पराजित गर्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो ।

लुकाकु युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्न सफल रहे ।  निकोला बरेलाको गोलसँगै ईन्टरले १५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लुकाकुले २१ औं मिनेटमा ईन्टरको अग्रता दोब्बर बनाए ।

काइ हाभटर्जले २४ औं मिनेटमा गोल गर्दै लिभरकुशनलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् ।

एन्टोनी कोन्टे नेतृत्वको ईन्टरले फाईनल प्रवेशका लागि अगष्ट १७ मा बासेल र शख्तर डोनेस्कबीचको विजेतासँग भिड्ने छ । सन् २०११ मा कोपा ईटालिया जितेको ईन्टर उपाधिको खोजीमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?