उच्चतम बिन्दुमा पुगेर घट्न थाल्यो सुनको मूल्य

काठमाडौं । उच्चतम बिन्दुमा पुगेर सुनको मूल्यमा गिरावट आउन थालेको छ ।

सोमवार प्रतितोला छापावाल सुनको मूल्य १ लाख २ हजार ४ सय रहेको थियो । भने आज तोलामा ८ सयले कमि आइ प्रतितोला सुन १ लाख १ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १ हजार १ सय रहेको छ ।

सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ९५ रहेको थियो । भने आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ३५ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?