अहिलेसम्म १२९ जनाले गरे कोरोना बीमा दाबी

कोरोना बिमामा आइतबारसम्म १ सय २९ वटा दाबी परेको छ । जसमध्ये ४४ वटा दाबी भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी प्रक्रियामा छन् । भुक्तानी भएका दाबीमध्ये ५० हजार बिमांकका ६ र ३८ वटा एक लाख रुपैयाँ बिमांक भएका छन् । दुवै गरी आइतबारसम्म बिमा कम्पनीले बिमितलाई ४१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

भुक्तानीको प्रक्रियामा रहेका दाबीमध्ये एउटा ५० हजार बिमांक र बाँकी ८४ वटा १ लाख बिमांक भएका छन् । ती दाबीबापत ८४ लाख ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोरोना बिमासम्बन्धी मापदण्डको व्यवस्थाअनुसार कोभिड–१९ को संक्रमण देखिएको प्रमाण पेस भएको सात दिनभित्र कम्पनीले दाबी भुक्तानी गरिसक्नुपर्छ ।

दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भए इच्छाइएको व्यक्ति वा कानुनी हकदारलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?